Shrwan Kumar Khanal, HUART Member & PhD Researcher
Vappu isn’t just a Finnish celebration. 1st May is known around the world as International Workers Day. To celebrate the diversity of our international membership, we asked our international members to share the importance of joining a union in Finland and how unions in Finland compared to our ‘home countries’ – but in our mother tongues. We have created a selection of blogs in a variety of languages.
You can read Shrwan’s story in Nepalese. Scroll down for the English translation.
ट्रेड युनियनमा किन आबद्ध हुने?
सङ्गठनको महत्व
“एक थुकी सुकी, सय थुकी नदी” नेपाली बोलिचालिमा प्रचलित उखान हो, जसले सङ्गठन र सामूहिक प्रयासको महत्व सरल रुपमा देखाउँछ। यससँगै “भाइ फुटे, गँवार लुटे” भन्ने उक्ति पनि अर्थपूर्ण छ, जसले एकतामा दरार पर्दा हुने क्षतिलाई संकेत गर्छ। पहिलो उखानले मानिसलाई एकजुट हुन प्रेरित गर्छ भने दोस्रो उक्तिले आपसी एकता कमजोर हुन नदिनुपर्ने सन्देश दिन्छ।
नेपाली सन्दर्भमा सङ्घ–सङ्गठनको महत्वबारे लामो व्याख्या आवश्यक पर्दैन। पञ्चायतकालमा व्यवस्था विरुद्ध उभिन भित्रभित्रै राजनीतिक सङ्गठन बन्ने गर्थे, जसको अन्तिम उद्देश्य व्यवस्थामा परिवर्तन ल्याउनु हुन्थ्यो। त्यस समय ट्रेड युनियनमाथि प्रतिबन्ध थियो। तर १९९० को प्रजातन्त्र प्राप्तिपछि ट्रेड युनियन स्थापना गर्ने चलन बढ्दै गयो। यस्ता युनियनहरुको उद्देश्य कागजमा कर्मचारीको हकहित संरक्षण भनेर उल्लेख गरिए पनि व्यवहारमा भने ती धेरैजसो राजनीतिक दलका छाता सङ्गठन जस्तो देखिन थालेका छन्।
अर्को कोणबाट हेर्दा, यदि युनियनहरुले कर्मचारीका साझा समस्या उठाउँछन्, कार्यस्थलमा न्यायपूर्ण व्यवहारको माग गर्छन्, र सामूहिक सौदाबाजीलाई मजबुत बनाउँछन् भने तिनले कर्मचारीको हकहितमा सकारात्मक भूमिका खेल्न सक्छन्।
विगतमा ट्रेड युनियनलाई राजनीतिक दलहरुले धेरै गिजोलेको कारण, गत सेप्टेम्बरको GEN–Z आन्दोलनबाट बनेको सरकारको प्राथमिक निशानामा यस्ता युनियन पर्न गएको छ। झण्डै दुई तिहाइको नजिक रहेको यो सरकारले आफ्नो कार्यकालका पहिलो १०० दिनमा गर्ने काममध्ये सरकारी तथा सार्वजनिक संस्थानहरुबाट राजनीतिक दलका भातृ सङ्गठन खारेज गर्ने निर्णय गरेको छ। विश्वविद्यालय लगायत सम्पूर्ण शैक्षिक संस्थामा रहेका राजनीतिक प्रकृतिका सङ्गठनलाई पनि खारेज गर्ने उद्देश्य राखेको छ। तर साझा रुपमा रहेका मुद्दाहरुमा काम गर्न र बहस गर्न, उदाहरणका लागि कर्मचारीको हकहित, वृत्ति विकास, र विद्यार्थीहरुको साझा विषयमा आवाज उठाउन साझा युनियन चाहिन्छ भन्ने सन्देश चाहिँ सरकारले दिन खोजेको देखिन्छ।
फिनल्याण्डमा सङ्घ–संस्थाहरु
पूर्ण लोकतान्त्रिक चरित्र बोकेको फिनल्याण्डमा विभिन्न प्रकारका सङ्घ–संस्थाहरु स्वतन्त्र रुपमा सञ्चालनमा छन्। यहाँ “ry”, “yhdistys”, “säätiö”, र “liitto” जस्ता संरचनाहरु धेरै प्रचलित छन्, जसले प्रायः नाफारहित रुपमा काम गर्छन्। यस्ता संस्थाहरु सामाजिक न्याय, स्वास्थ्य, युवा तथा विद्यार्थी हित, संस्कृति, प्रकृति र वातावरण, साथै विकाससँग सम्बन्धित विषयमा सक्रिय देखिन्छन्। आप्रवासी जनसंख्या बढेसँगै आप्रवासी समुदायसँग सम्बन्धित संस्थाहरु पनि विस्तार हुँदै आएका छन्।
फिनल्याण्डमा सामाजिक उत्तरदायित्व वहन गर्ने विभिन्न सङ्घ–संस्थामा एक व्यक्तिले चाहेको जति सदस्यता लिन सक्छ। कतिपय संस्थामा सदस्यता लिन एक पटकको शुल्क तिर्नुपर्छ, कतिपयमा वार्षिक शुल्क लाग्छ, र केहीमा निःशुल्क पनि हुन्छ। एक व्यक्तिले एकै समयमा धेरै संस्थाको सदस्य हुन सक्छ। तर ट्रेड युनियनको सदस्यतामा प्रायः एउटै समयमा एउटै युनियन रोज्ने चलन हुन्छ। कामको क्षेत्र परिवर्तन भएमा पुरानै सदस्यता कायम राख्दै अर्को सम्बन्धित युनियनमा सदस्यता स्थानान्तरण गर्न सकिन्छ। यसको अर्थ, एक पटक युनियनको सदस्य भएपछि आफूले चाहेको अवधिसम्म सदस्यता निरन्तर राख्न सकिन्छ।
फिनल्याण्डका ट्रेड युनियन
माथी उल्लेखित बिभिन्न सँघ सस्थाहरुमध्ये ट्रेड युनियन एक महत्वपूर्ण सङ्गठन हो। यसले आफ्ना सदस्यहरुको हकहितका लागि आवाज उठाउँछ र कार्यस्थलदेखि नीति निर्माण तहसम्म सरोकार राख्ने भूमिका खेल्छ। युनियनहरुले सम्बन्धित पेशा र कार्यक्षेत्रका मुद्दा उठाउने, तलब, सुविधा र कामका सर्तबारे जानकारी तथा सहजीकरण गर्ने, कानुनी परामर्श दिने, र बेला बेलामा तालिम, भेटघाट तथा सामाजिक कार्यक्रम आयोजना गर्ने गर्छन्।
ट्रेड युनियनको सदस्यता शुल्क युनियन अनुसार फरक हुन्छ। कतै वार्षिक एकमुष्ट शुल्क तिर्नुपर्छ भने कतै तलबको सानो हिस्सा मासिक रुपमा बुझाउनुपर्ने हुन्छ।
फिनल्याण्डमा ट्रेड युनियन सदस्यताको प्रमुख फाइदा बेरोजगार भत्ता हो। फिनल्याण्डको सामाजिक सुरक्षा प्रणाली अन्तर्गत सबैलाई कुनै न कुनै प्रकारको बेरोजगार भत्ता उपलब्ध हुन्छ भन्ने मानिन्छ। तर यो आधारभूत भत्ता प्रायः कम हुन्छ, जसले रोजगारी गुम्दा दैनिक खर्च चलाउन गाह्रो पर्न सक्छ। तर यदि कुनै ट्रेड युनियनमा आबद्ध भएको छ भने रोजगारी गुम्दा तुलनात्मक रुपमा ठूलो मासिक रकम पाउन सकिन्छ। यस्तो सुविधा निश्चित अवधिसम्मका लागि भए पनि, काम गरिरहेको बेला सानो योगदान बुझाउँदा पछि उपयोगी हुन सक्छ।यससँगै, सदस्यहरुले रोजगारीदातासँग समस्या परेमा कानुनी परामर्श पाउने व्यवस्था हुन्छ। युनियन सदस्यतामा स्वास्थ्य बीमा र दुर्घटना बीमा जस्ता सुविधामा पनि पहुँच हुन्छ।
फिनल्याण्डमा सञ्चालनमा रहेका धेरैजसो ट्रेड युनियन तीन ठूला महासङ्घ अन्तर्गत पर्छन्। ती महासङ्घ SAK, STTK र AKAVA हुन्। यी महासङ्घभित्र फरक फरक क्षेत्रगत युनियनहरु आबद्ध छन्। उदाहरणका लागि औद्योगिक क्षेत्रमा दुई लाखभन्दा बढी सदस्य रहेको Teollisuusliitto र सेवा क्षेत्रमा PAM ठूला युनियन मानिन्छन्। त्यसैगरी प्राक्टिकल नर्सहरुका लागि SuPer जस्ता युनियनहरु छन्। शैक्षिक संस्थासँग सम्बन्धित पेशागत समूहका धेरै युनियनहरु AKAVA अन्तर्गत आबद्ध छन्।
HUART
हेलसिन्की विश्वविद्यालय अनुसन्धानकर्ता तथा शिक्षक सङ्घ (HUART), सन् १९६७ मा स्थापना भएको हेलसिन्की विश्वविद्यालयमा कार्यरत शैक्षिक कर्मचारीहरुको स्थानीय ट्रेड युनियन सङ्घ हो। करिब १,६०० सदस्यसहित HUART, Finnish Union of University Researchers and Teachers (FUURT) अन्तर्गतको सबैभन्दा ठूलो स्थानीय सङ्घ हो। यसको सदस्यहरुमा अनुसन्धानकर्ता, पीएचडी विद्यार्थी, लेक्चरर, तथा अन्य शैक्षिक र प्रशासनिक पेशेवरहरु पर्छन्।
HUART मा सदस्यता शुल्क सदस्यको अवस्थाअनुसार फरक हुन्छ। यदि पीएचडी आफ्नै खर्चमा गरिरहेको छ वा कुनै संस्थाको सहयोगबाट पीएचडी गरिरहेको छ भने मासिक ८ युरो तिरे पुग्छ। तर श्रम सम्झौता अन्तर्गत काम गर्ने सदस्यहरुले मासिक तलबको १ प्रतिशत बुझाउनुपर्ने हुन्छ। मासिक ८ युरो तिर्ने सदस्यताको हकमा भने दुर्घटना बीमा र यात्रा बीमा मात्रै उपलब्ध हुने देखिन्छ। उनीहरु श्रम सम्झौता अन्तर्गत नपरेकाले युनियनमार्फत उपलब्ध बेरोजगार भत्ता र स्वास्थ्य बीमामा पहुँच नहुन सक्छ। यद्यपि, युनियनले यस विषयमा पहल गरिरहेको छ, ताकि यस्तो सदस्यतामा रहेका सदस्यहरुलाई पनि कुनै न कुनै रुपमा यी सेवाहरुसँग जोड्न सकियोस्।
HUART मा सदस्य हुँदा माथि उल्लेखित सुविधाबाहेक सदस्यहरुबीच विभिन्न गतिविधि पनि हुन्छन्। उदाहरणका लागि पिकनिक, सामूहिक डिनर, साउना जस्ता भेटघाट आयोजना हुने गर्छन्। यस्ता गतिविधिबाट नयाँ मानिससँग चिनजान बढाउने अवसर मिल्छ। पीएचडी तहको अध्ययनमा सहकार्य र नेटवर्कको भूमिका रहने भएकाले यस्ता भेटघाट उपयोगी हुन सक्छन्। त्यस कारण, म आफ्ना नेपाली साथीहरुलाई आफू सम्बद्ध क्षेत्रको युनियनमा आबद्ध हुन सुझाव दिन्छु। साथै, हेलसिन्की विश्वविद्यालयमा कुनै पनि हैसियतमा आबद्ध हुनुहुन्छ भने HUART को सदस्यता लिन पनि सुझाव दिन्छु।
श्रवण कुमार ख ना ल
हाल- हेल्सिन्की विस्वविद्यालयमा विद्यावारिथी गर्दै
Why join a trade union?
Importance of Organisation
“One drop dries up, a hundred drops become a river” is a common Nepali proverb that shows, in a simple way, the value of organisation and collective effort. Alongside this, the saying “Brothers divided, outsiders plunder” is also meaningful, as it points to the harm that follows when unity breaks down. The first proverb encourages people to unite, while the second warns against allowing divisions to weaken mutual solidarity.
In the Nepali context, the importance of associations and organised groups does not need a long explanation. During the Panchayat period, political groups often formed quietly from within to oppose the system, with the ultimate aim of changing the political order. At that time, trade unions were banned. After the restoration of democracy in 1990, the practice of establishing trade unions increased. Although these unions are described on paper as bodies meant to protect workers’ rights and interests, in practice many have come to appear as umbrella organisations under political parties. From another perspective, if unions raise workers’ shared concerns, demand fair treatment in the workplace, and strengthen collective bargaining, they can play a constructive role in protecting workers’ rights and interests.
Because trade unions were previously heavily influenced by political parties, unions of this kind have become a primary target of the government formed after last September’s GEN-Z movement. With a parliamentary position close to a two thirds majority, this government has decided that one of its first actions in the first 100 days of its term will be to abolish party affiliated sister organisations from government and public institutions. It also aims to abolish political organisations across all educational institutions, including universities. At the same time, the government appears to be sending the message that a shared union is still needed to address common issues and hold discussions, for example, to raise a collective voice on workers’ rights and interests, career development, and issues shared by students.
Associations and organisations in Finland
Finland, with its strong democratic character, has a wide range of associations and organisations that operate freely. Structures such as “ry”, “yhdistys”, “säätiö”, and “liitto” are common, and they usually work on a non-profit basis. These organisations are active in areas such as social justice, health, youth and student interests, culture, nature and the environment, and development. As the migrant population has grown, organisations linked to migrant communities have also expanded.
In Finland, a person can join as many associations as they wish. Some organisations charge a one-time membership fee, some charge an annual fee, and some are free. A person can hold memberships in several organisations at the same time. However, for trade unions, it is common to choose one union at a time. If the field of work changes, membership can usually be transferred to another relevant union while maintaining continuity. This means that once someone becomes a union member, they can keep that membership for as long as they wish.
Trade unions in Finland
Among the various organisations mentioned above, trade unions are an important type of organisation. They speak for their members’ rights and interests and play a role in workplace issues to policy level concerns. Unions raise issues related to specific professions and sectors, provide information and support on pay, benefits, and working conditions, offer legal advice, and organise training, meetings, and social events from time to time.
Union membership fees vary by union. In some cases, members pay a fixed annual fee, while in others they pay a small monthly share of their salary.
A main benefit of trade union membership in Finland is the unemployment allowance. Finland’s social security system provides some form of unemployment support for everyone. However, the basic allowance is often low, which can make it difficult to manage everyday expenses if employment ends. By contrast, union-affiliated unemployment funds can provide a higher monthly amount if someone becomes unemployed. Although this support is limited to a set period, paying a small contribution while employed can still be useful later. In addition, members can access legal support if problems arise with an employer. Union members also enjoy benefits such as health insurance and accident insurance.
Most trade unions in Finland belong to three main confederations: SAK, STTK, and AKAVA. These confederations include sector-based unions. For example, Teollisuusliitto is a large union in the industrial sector, and PAM is a large union in the service sector. There are also unions such as SuPer for practical nurses. Many unions linked to academic and professional fields belong to AKAVA.
HUART
The Helsinki University Association of Researchers and Teachers (HUART) is a local trade union association for academic staff at the University of Helsinki, founded in 1967. With close to 1,600 members, HUART is the largest local association within the Finnish Union of University Researchers and Teachers (FUURT). Its members include researchers, PhD candidates, lecturers, and other academic and administrative professionals.
HUART membership fees depend on a member’s employment status. If a PhD is being pursued through self-funding or with support from an institution, the fee is 8 euros per month. Members working under an employment contract pay 1% of their monthly salary. For those paying 8 euros per month, the available benefits may be limited to accident insurance and travel insurance. Because they are not covered by an employment contract, they may not have access to the unemployment allowance and health insurance linked to union-based arrangements. However, the union has been working to improve access to services for members in this category.
In addition to the benefits mentioned above, HUART also organises activities among members, such as picnics, group dinners, and sauna gatherings. These activities create opportunities to meet new people. Since PhD-level study often depends on collaboration and professional networks, such gatherings can be useful. For these reasons, I suggest that Nepali colleagues join the union relevant to their field. If you are affiliated with the University of Helsinki in any capacity, I also suggest considering membership in HUART.
Shrwan Kumar Khanal, HUART Member & PhD Researcher